
काठमाडौं, ७ पुस । नेप्सेको ओरालो लागेको यात्रा रोकिएको छैन। साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ विन्दुमा झरेको छ । नेप्सेमा ०.५२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.६९ अंकले घटेर ४४३.०८ विन्दुमा रहेको छ ।
यसदिन १३ उपसमूहहरुमध्ये दुई वटामा हरियो लागेको छ । बाँकी रहेका ११ वटा उपसमूहहरुमा रातो लागेको छ ।
कुल ३१९ कम्पनीहरुको शेयर कारोबार हुँदा ९१ करोड ८० लाख ७१८ कित्ता शेयरको खरिदबिक्री भएको छ । उनीहरुको बिक्रीबाट ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १०७ रुपैयाँ १७ पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै रिभर फल्स पावर लिमिटेडको शेयर कारोबार भएको छ । कम्पनीको २२ करोड ३ लाख १२ हजार ८३४ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य घटेको छ । बैंकको शेयरमूल्य ६.४० प्रतिशतले घटेको हो ।










सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




