
काठमाडौं, ८ पुस । नेपाल स्टक एक्सचेञ्जले ७५ प्रतिशत लाभांश वितरण गर्नका लागि पुस २९ गते ४३ औं साधारण सभा बाेलाएकाे छ ।
नेप्सेको पुस ६ गते बसेको संचालक समितिको बैठकले ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । नेप्सेका अनुसार कम्पनीकाे चुक्ता पुँजी रूपैयाँ १ अर्ब रहेकाे छ । यसअनुसार नेप्सेले रूपैयाँ ७५ करोड लाभांश वितरण गर्ने भएकाे हाे ।
नेप्सेकाे साधारण सभा कम्पनीकै कार्यालयमामा पूर्वान्ह ११ बजे डाकिएकाे छ । सभामा गत आर्थिक वर्षको वित्तीय विवरण, आय व्यय, इक्विटीकाे परिवर्तन लगायतका वित्तीय एजेण्डाहरूमाथि छलफल गरिनेछ । सभाबाट आर्थिक वर्ष २०८१-८२ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेक्ने प्रस्ताव पारिते गरिनेछ ।
गएकाे वर्षमा कम्पनीले ६४ प्रतिशत लाभांश वितरण गरेको थियाे । नेप्सेका सेयरधनीहरूमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी बैंक, प्रभु बैंक लगायतका छन् ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




