सुनचाँदीको भाउमा सामान्य बृद्धि, तोलाको कति ?

-



     सफल आवाज    
     पौष ८ गते २०८१ मा प्रकाशित



काठमाडौं, ८ पुस । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य बृद्धि भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको हो ।

छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।