एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     पौष १६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १६ पुस । एनएलजी इन्स्योरेन्स कम्पनीले मंसिर ११ गतेदेखि बिक्रीमा ल्याएकाे हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर खुलाएकाे हाे ।

हाल कायम १० कित्ता शेयर बराबर नयाँ ६.२५६ कित्ता रेसियाेमा हकप्रद खुलाइएकाे हाे । जसमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता बिक्रीमा ल्याएकाे हाे ।

कम्पनीले हकप्रद शेयर निष्काशनकाे प्रयोजनका लागि गएकाे कात्तिक २७ गते बुकक्लोज गरेको थियो। यसमा कात्तिक २६ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएका शेयरधनीहरुले आवेदन दिन पाउनेछन्।

हकप्रदमा लगानीका लागि लगानीकर्ताले बिक्री प्रबन्धक, एनएलजी इन्स्योरेन्सकाे केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरु र लक्ष्मी सनराइज बैंकका काठमाडौँ उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्। साथै सिआस्वा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३६ हजार १०० रुपैयाँ रहेको छ। हकप्रद शेयर बिक्रीपछि चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ हुनेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।