बलेफी हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     पौष १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ पुस । बलेफी हाइड्रोपावरले बिक्रीमा ल्याएकाे हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले मंसिर २७ गतेदेखि हकप्रद शेयरकाे बिक्री खुलाएकाे थियाे ।

कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता रेसियाेमा हकप्रद निष्काशन गरेको हो। कम्पनीले रुपैयाँ १ अर्ब ८२ करोड ७९ लाख ७० हजार बराबरको प्रतिशेयर १०० रुपैयाँ दरमा १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता निष्काशन गरेकाे हाे ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि यसअघि कात्तिक २१ गते बुकक्लोज गरिएकाे थियो। यसमा कात्तिक २० गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएका शेयरधनीहरुले आवेदन दिन पाउनेछन्।

शेयरमा लगानीका लागि बिक्री प्रबन्धक, कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सेबाेनबाट अनुमति लिएका सिआस्वा सेवामा रहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट निवेदन दिन सकिनेछ । साथै ‘मेरो शेयर’ अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको चुक्ता पूँजी रु १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रहेको छ। हकप्रद बिक्रीपछि चुक्ता पूँजी रु ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ हुनेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।