यी तीन कम्पनीकाे लाभांश आजसम्म सुरक्षित गर्न सकिने

-



     सफल आवाज    
     पौष १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ पुस । आज तीन कम्पनीहरु नेपाल टेलिकम, गरिमा विकास बैंक र बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे छ ।

यी तीनवटै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली पुस १८ गते बुकक्लोज गर्ने बताएका छन् । शेयरधनीहरुले लाभांश पाउन र सभामा भाग लिनका लागि आजसम्म नेप्सेमा कारोबार गरी कायम भएकाे हुनुपर्नेछ ।

नेपाल टेलिकमले यही पुस २८ गते सत्रौँ साधारण सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान १० बजे बाेलाएकाे छ ।

सभाले शेयरधनीहरुलाई प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमाेदन गर्नेछ। साथै प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पेश हुनेछन् ।

गरिमा विकास बैंकले १८ औँ साधारण सभा पुस २९ गते होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा डाकेकाे छ। सभा बिहान साढे १० बजे डाकिएकाे छ।

सभामा ५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पेश हुनेछ । साथै उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि गरिने कार्यकाे अख्तियारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने, संस्थापकबाट ३ जना तथा सर्वसाधारण शेयरधनीबाट ३ जना सञ्चालक चयन गरिने भएकाे छ ।

बुटवल पावर कम्पनीले पुस २८ गते ३२ औँ साधारण सभा, कार्की ब्याङक्वेट, बबरमहल, काठमाडौँमा डाकेकाे छ । साे सभा उकत दिन पूरवान्ह ११ बजे डाकिएकाे डाकिएकाे छ।

सभामा ५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पेश हुनेछ । साथै तल्लो मनाङ मर्स्याङदी जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र लोअर मनाङ मर्स्याङदी हाइड्रोपावर र चिनोखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र चिनो हाइड्रोपावर लिमिटेडमा हस्तान्तरण गर्ने प्रस्ताव रहेकाे छ ।