बुधबार सुनमा रु १४ सयले बृद्धि, चाँदीको भाउ स्थिर

-



     सफल आवाज    
     पौष १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ पुस । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबा नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १४ सयले बढेको जानकारी गराएको छ । चाँदीको भाउ मंगलबारकै कायम गरिएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १४ सयले बढेर तोलाको १ लाख ५१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहेर मंगलबारकै भाउ तोलाको १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ६५ रुपैयाँमा नै कारोबार भएको थियो ।