नेप्सेमा ५.१० अंकको बृद्धि, कारोबार साढे ३ अर्बमा सिमित

-



     सफल आवाज    
     पौष १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ पुस । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।

छिटपुट बाहेक केहि समयदेखि नकारात्मक बन्दै आएको शेयर बजारमा पछिल्लो यो उकालो लागेको यात्राले सुधारको संकेत होकि भनने आकलन गरिएको छ । बजार सकारात्मक बनेको भएपनि यसदिन अन्य दिनको तुलनामा कारोबार भने घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.१० अंकले बढेर २५८१.६० विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.१९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५८ अंकले घटेर ४४४.१२ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ५ वटामा रातो लागेको छ । बाँकी रहेका ८ वटामा भने हरियो लागेको छ । कुल ३०५ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको ९४ लाख ३४ हजार ९ कित्ता शेयरको खरिदबिक्रीबाट ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३३४ रुपैयाँ ३७ पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै एनआरएन इन्फ्राइन्स्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर कारोबार भएको छ । कम्पनीको २१ करोड ८२ लाख १७ हजार ३४९ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै त्रिशुली जल विद्युत कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।