
पोखरा, २२ पुस । प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्को आङ्गिक शिक्षालय अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको आयोजनामा मौरी पालन तालिम शुरु भएको छ ।
तालिम अन्नपूर्ण गाउँपालिका ४ सल्यानमा पुस २१ गते आइतबार बाट शुरु भएको छ । तालिम ६५ दिन (३९० घण्टा) सम्म सञ्चालन हुने शिक्षालयका प्रमुख बिकल अधिकारी जानकारीले दिए।
उहाँले तालिम यस अगाडि पनि सञ्चालन गदै आइरहेको बताउदै यस्ता तालिमा लाई निरन्तरता दिइने उल्लेख गर्दै बिद्यार्थीहरुलाई स्वरोजगार बन्न सहयोग पु¥याउने बताए।
कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपलिकाका अध्यक्ष बिष्णु बहादुर केसीले गाउँपालिकाले कृषि र पशुपालन शिक्षामा जोड दिइएको उल्लेख गरे।
उहाँले तालिममा सहभागिहरुको लागि अनुदान स्वरुप मौरीका घार उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै उहाँले यस क्षेत्रलाई मौरी पालन पकेट क्षेत्र बनाउनु पर्नै बताए।
यस्तै कार्यक्रममा वडा नम्बर ४ का वडा अध्क्षय आन्दल गुरुङले मौरी पालनलाई ब्यवसायिक बनाउँदै आर्थिक उन्नतिमा लाग्न बिद्यार्थी तथा किसानहरूलाई आग्रह गरे।
तह १ अन्र्तरगत दिइने मौरी पालन तालिममा २० जना बिद्यार्थी सहभागि रहेको छ । यस्तै तालिमको मुख्य प्रशिक्षकको रुपमा जगन्नाथ पौडेल र सहायक प्रशिक्षकमा बर्ष बिक रहेका छन्।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




