
काठमाडौं, २३ ङादी ग्रुप पावरले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेकाे छ । कम्पनीका अनुसार हाल कायम रहेकाे चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गरिएकाे हो।
कम्पनीले १ कित्ता बराबर नयाँ १ कित्ता रेसियाेमा हकप्रद निष्काशन गरेकाे हाे । कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा बराबरको १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता हकप्रद खुलाएकाे हाे । प्रतिकित्ता अंकित दखर रुपैयाँ १ सय रहेकाे छ ।
हकप्रद शेयर बिक्री प्रयाेजनका लागि कम्पनीले मंसिर १८ गते बुकक्लोज गरिसकेकाे छ । यसमा आवेदन दिनक लागि शेयरधनीहरुले मंसिर १७ गतेसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । हकप्रद शेयरमा माघ १४ गतेसम्म आवेदन दिन पाइनेछ।
शेयरमा लागनी गर्न चाहने लगानीकर्ताले बिक्री प्रबन्धक, सिद्धार्थ बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्ने भएका छन्। साथै सिआस्वा सेवामा रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाबाट तथा मेरो शेयर अनलाइनबमाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा रहेकोमा हकप्रद बिक्रीपछि चुक्ता पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ पुग्ने भएकाे छ।
संकलन भएको रकमबाट १ अर्ब ८१ करोड ८७ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा समृद्धि इनर्जी लिमिटेले प्रबर्धन् गरेकाे बझाङ्ग माथिल्लो सेती जलविद्युत आयोजनामा लगानी हुनेछ । ३ करोड २५ लाख रुपैयाँ मर्मतका लागि रहेकाे छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




