गार्डियन माइक्रो लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     पौष २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ पुस । गार्डियन माइक्रो लाइफ इन्स्याेरेन्सको शेयर (आइपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले पुस २१ गतेदेखि आइपीओमा खुलाएकाे थियाे । 

सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा रुपैयाँ १८ करोड ४५ लाख बराबरको १८ लाख ४५ हजार कित्ता शेयर खुलाइएकाे थियाे । कम्पनीले २२ लाख ५० हजार कित्ता शेयर खुलाउन सेबाेनबाट अनुमति लिएकाे थियो । 

यसमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि २ लाख २५ हजार कित्ता बिक्री भइसकेकाे छ । ६७ हजार ५०० कित्ता कर्मचारीका लागि रहेकाे छ । १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ । 

१८ लाख ४५ हजार कित्ता सेयरका लागि सर्वसाधारणकाले आवेदन दिन पाउनेछन् । उनीहरुले घटीमा १० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्।  

मंगलबारसम्म १ करोड ९९ लाख ९१ हजार ८९० कित्ताका लागि आवेदन परेको जनाइएकाे छ । यसमा १४ लाख ९२ हजार ७६९ जनाले १ अर्ब ९९ करोड ९१ लाख ८९ हजार रुपैयाँ बराबरको लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । कम्पनीका अनुसार साे आवेदन मागभन्दा १०.८३ गुणा बढी रहेकाे छ ।

शेयरकाे बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।