अन्तिम दिन नेप्सेमा करेक्सन, ७ अर्ब ३० करोडको कारोबार

-



     सफल आवाज    
     पौष २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ पुस । साताको शेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार नेप्सेमा करेक्सन देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा झरेको छ । नेप्सेमा ०.६८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.९७ अंकले घटेर ४४८.५४ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १२ वटा उपसमूहहरु राताम्मै भएका छन् । कुल ३०८ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयरको कारोबारबाट ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार ५८१ रुपैयाँ ६७ पैसा बराबरको कारोबार भएको छ ।

बैभन्दा धेरै सुपर मादी हाइड्रोपावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४४ करोड ८८ लाख ६ हजार ४३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बाराही हाइड्रोपावर पव्लिक लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीका् शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै शप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य घटेको छ । संस्थाको शेयरमूल्य ९.२३ प्रतिशतले घटेको छ ।