नेप्से दोहोराे अंकले घट्याे, ९ अर्ब १२ करोडको कारोबार

-



     सफल आवाज    
     माघ १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ माघ । साताको शेयर कारोबार हुने दोश्रो दिन आईतबार नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । कारोबार भने सन्तोषजनक रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्सेमा १०.४१ अंकले गिरावट भई २६४३.९३ विन्दुमा रहेको छ ।

नेप्सेमा ०.३९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.२० अंकले घटेर ४४३.६० विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ५ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ८ वटा उपसमूहहरुमा रातो लागेको छ ।

कुल ३१८ वटा कम्पनूीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ५७ लाख २० हजार ३६७ कित्ता शेयरको कारोबारबाट ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार ५१४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ३९ करोड ५३ लाख ७३ हजार २१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।