
टोकियो, १४ माघ । यस वर्षको विश्व एक्सपोअघि थप आगन्तुक–मैत्री बन्ने प्रयासको एक हिस्साका रूपमा जापानी सहर ओसाकाले सोमबार सार्वजनिक सडकहरूमा धुम्रपानमा प्रतिबन्ध लगाएको छ ।
एक्सपो २०२५ मा लगभग १६० देश र क्षेत्रहरूले भाग लिइरहेका छन् । यो प्रत्येक पाँच वर्षमा विभिन्न विश्वव्यापी स्थानहरूमा आयोजित कार्यक्रमको नवीनतम संस्करण हो ।
“विश्व एक्सपो अप्रिलमा सुरु हुँदैछ । हामी संसारभरका धेरै मानिसलाई स्वागत गर्न चाहन्छौँ, त्यसैले हामी ओसाकालाई यस्तो सहर बनाउन चाहन्छौँ जहाँ मानिसहरूले धुवाँमुक्त सडकहरूमा सुरक्षित महसुस गर्छन्”, मेयर हिदेयुकी योकोयामाले जनवरीको सुरुमा भने।
सोमबारअघि ओसाका स्टेसन वरपरका क्षेत्रसहित छ वटा क्षेत्रमा धुम्रपानमा प्रतिबन्ध लगाइएको थियो । यो सम्पूर्ण सहरमा विस्तार गरिएको छ र उल्लङ्घनकर्ताहरूलाई एक हजार येन (६.४० डलर) जरिवाना लाग्नेछ ।
स्थानीय नियमहरूले पहिले नै जापानका धेरैजसो स्थानमा हिँड्दा धुम्रपान गर्न प्रतिबन्ध लगाएका छन् तर केही सांसदहरूको विरोधले कडा राष्ट्रिय कानूनहरू बन्न रोकेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




