ग्लोबल आइएमई लघुवित्तकाे नाफा १४७.४२ प्रतिशतले वृद्धि

-



     सफल आवाज    
     माघ १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ माघ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाकाे नाफामा अधिक बृद्धि भएकाे छ । संस्थाकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको तुलनामा १४७.४२ प्रतिशतले बढेको छ ।

संस्था यस चालु आर्थिक वर्षको ६ महिनासम्ममा ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ७ करोड ५ लाख रुपैयाँले बढेको छ । गत आर्थिक वर्ष याे नाफा ४ करोड ७८ लाख रुपैयाँ थियो ।

लघुवित्तको ब्याज आम्दानी ३५ करोड ७ लाख रुपैयाँ रहेकाे छ । यो गतवर्ष साेहि अवधिकाेभन्दा ६ करोड ४३ लाख रुपैयाँले बढी रहेकाे छ । गतवर्ष साेहि अवधिमा खुद ब्याज आम्दानी २८ करोड ६३ लाख थियाे ।

पुस मसान्तसम्म लघुवित्तले १६ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेकाे छ । इम्पेरिमेन्ट चार्ज १० करोड ५९ लाख रुपैयाँबाट घटेर दुई करोड ७६ लाख रुपैयाँ रहेकाे छ । वित्तरण योग्य मुनाफा ८ करोड ७४ लाख छ ।

संस्थाकाे चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ६२ करोड १२ लाख रुपैयाँ रहेको छ । तीन अर्ब ३० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९ अर्ब ४३ करोड ४० लाख रुपैयाँ कर्जा प्रर्वाह गरेको छ ।

प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २४ पैसा रहेकाे छ । नेटवर्थ २०० रुपैयाँ ३८ पैसा र खराब कर्जा रेसियाे ४.१० प्रतिशत हुँदा मूल्य आम्दानी रेसियाे ३०.७३ गुणा रहेकाे छ ।