गणपति लघुवित्तको नाफामा १४.९७ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     माघ १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ माघ । गणपति लघुवित्त वित्तीय संस्थाकाे नाफा बढेकाे छ । संस्थाको सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

संस्थाकाे खुद नाफा १४.९७ प्रतिशतले बढेकाे छ । जाे बढेर रुपैयाँ १ करोड २३ लाख ५० हजार पुगेको छ । गएकाे वर्षमा याे नाफा रुपैयाँ १ करोड ७ लाख ४२ हजार थियो । 

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाेले खुद नाफामा बढ्नमा सहयाेग पुगेकाे हो । खुद ब्याज आम्दानी ४२.९४ प्रतिशतले बढेर रुपैयाँ ७ करोड ५० लाख ८३ हजार रहेकाे छ ।

गएकाे वर्षमा याे नाफा साेहि वधिमा रुपैयाँ ५ करोड २५ लाख २९ हजार थियाे । संस्थाकाे सञ्चालन नाफामा १४.९७ प्रतिशतले बढेर रुपैयाँ १ करोड ७६ लाख ४३ हजार भएकाे जनाइएकाे छ ।

संस्थाकाे चुक्ता पुँजी पुस मसान्तसम्ममा रुपैयाँ १५ करोड १५ लाख रहेकाे छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ १२ पैसाले बढेर १६ रुपैयाँ ३० पैसा कायम भएकाे छ । नेटवर्थ १३२ रुपैयाँ ०८ पैसा रहेकाे छ ।