मेक्सिकोद्वाराक्सिकोद्वारा कार्टेल गठबन्धनको दाबीमा अमेरिकामाथि ‘निन्दा’ गरेको आरोप

-



     सफल आवाज    
     माघ २० गते २०८१ मा प्रकाशित



मेक्सिको सिटी, २० माघ । मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले क्रुद्ध हुँदै आफ्नो सरकारले लागू पदार्थ कार्टेलहरूसँग गठबन्धन गरेको भन्ने संयुक्त राज्य अमेरिकाको आरोपलाई अस्वीकार गरेकी छन् र डोनाल्ड ट्रम्पको व्यापक भन्सार महसुलको विरुद्धमा बदला लिने प्रतिज्ञा गरेकी छन् ।

अवैध आप्रवासन र लागुऔषध तस्करीका कारण ट्रम्पले मेक्सिको र क्यानाडाका सामानमा २५ प्रतिशत कर लगाउने ह्वाइट हाउसले बताएपछि नजिकका छिमेकीहरूबीच तनाव बढेको छ ।

सिनबामले भनिन्, “मैले मेरो अर्थमन्त्री मार्सेलो एबरार्डलाई हामीले काम गरिरहेका योजना बी कार्यान्वयन गर्न भनेकाे छु, जसमा मेक्सिकोको हितको रक्षामा भन्सार र गैर–भन्सार उपायहरू समावेश छन् ।” एबरार्डले ट्रम्पको करलाई मेक्सिको र क्यानडासँगको संयुक्त राज्य अमेरिकाको स्वतन्त्र व्यापार सम्झौताको ‘स्पष्ट उल्लङ्घन’ भने।

वासिङ्टनले आफ्नो सरकारको लागू पदार्थ तस्करी समूहहरूसँग ‘असहनीय गठबन्धन’ रहेको आरोप लगाएपछि सेनबामले पनि जवाफी प्रतिक्रिया दिइन्।