
काठमाडौं, २० माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा हरियाली छाएको छ । केहि हप्तापछि छाएको नेप्सेको हरियालीले लगानीकर्ताहरुलाई उत्साही बनाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्स परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.६२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १३.६४ अंकले बढेर ४५८.३७ विन्दुमा रहेको छ ।
यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । ३३० कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयरको खरिदबिक्रीबाट १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँ ९ढ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४१ करोड ९७ लाख २ हजार ५२ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।










सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




