सोमबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट

-



     सफल आवाज    
     माघ २१ गते २०८१ मा प्रकाशित



काठमाडौं, २१ माघ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको स्थिर रहेको छ । चाँदीको भाउमा गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार पनि छापावाल सुन तोलाको १ लाख ६२ हजार ८ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।