म्यानमा विद्रोही समूहद्वारा हत्याको स्वीकारोक्ति

-



     सफल आवाज    
     माघ २२ गते २०८१ मा प्रकाशित



याङ्गुन, २२ माघ । म्यानमाको एक विद्रोही समूहले आफ्ना सदस्यहरूले देशको पश्चिमी सिमानामा नियन्त्रण कायम राख्न सत्तारूढ जुन्तासँग लडिरहेको बेला घातक हिंसाको दुर्लभ स्वीकार गर्दै दुई कैदीको हत्या गरेको बताएको छ ।

गत वर्षको फेब्रुअरीमा रखाइन राज्यको क्युकताउ बस्तीमा अराकान आर्मी (एए) को आक्रमणका क्रममा ‘सैन्य अनुशासन उल्लङ्घन’ गरेको घटना भएको आतङ्कवादी समूहका प्रवक्ता खैङ थु खाले बताए ।

“हाम्रा स्थानीय (एए) मिलिसियाहरूले आफ्नो क्रोध नियन्त्रण गर्न सकेनन् र म्यानमाका आतङ्कवादी सेनाका सिपाहीहरूले उनीहरूका परिवारलाई अन्यायपूर्वक पक्राउ गरी, यातना दिई र हत्या गरेको प्रतिशोधमा अपराध गरे”, उनले भने।

सामाजिक सञ्जालमा प्रसारित दुई मिनेटको भिडियो क्लिपमा केही एए वर्दी लगाएका र हतियार बोकेका लगभग सात जना मानिसले भुइँमा रहेका दुई सर्टविहीन मानिसलाई लात हानेको र कुटपिट गरेको देखिन्छ । अर्को भिडियोमा तिनै कथित हत्याराहरूले खुकुरी जस्तो चक्कुले कैदीहरूको घाँटी काटेको देखिन्छ ।

खैङ थु खाले शुक्रबार भिडियोहरू प्रामाणिक भएको र अपराधीहरू एए जातीय सशस्त्र समूहका सदस्य भएको स्वीकार गरे। म्यानमाको पश्चिममा रहेको रखाइन राज्य जातीय र धार्मिक विभाजनले ग्रस्त छ ।