
सिड्नी, २४ माघ । अस्ट्रेलियामा आधारित वैज्ञानिकहरूले बिहीबार इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) मार्फत विश्वको पहिलो कङ्गारु भ्रूण उत्पादन गरेको बताएका छन् ।
यसलाई उनीहरूले खतरामा परेका मार्सुपियलहरू बचाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा प्रशंसा गरेका छन् । क्विन्सल्याण्ड विश्वविद्यालयको नेतृत्वमा रहेको टोलीले भविष्यमा दुर्लभ मार्सुपियलहरूका लागि आइभिएफ प्रयोग गर्ने लक्ष्यका साथ यो प्रविधि पूर्वी खैरो कङ्गारुहरूमा प्रयोग गरेको बतायो ।
यिनीहरूको सङ्ख्या लाखौँमा छ । “अस्ट्रेलिया विश्वकै सबैभन्दा विविध मार्सुपियल जीवजन्तुहरूको घर हो तर यहाँ स्तनपायी विलुप्त हुने दर पनि सबैभन्दा बढी छ”, प्रमुख अनुसन्धानकर्ता आन्द्रेस गाम्बिनीले विज्ञप्तिमा भने, “हाम्रो अन्तिम लक्ष्य कोआला, तास्मानियन डेभिल, उत्तरी रौँ भएको नाकवाला वोम्ब्याट र लिडबिटर पोसम जस्ता लोपोन्मुख मार्सुपियल प्रजातिहरूको संरक्षणमा सहयोग गर्नु हो ।”
वैज्ञानिकहरूले एकल शुक्राणुलाई सिधै परिपक्व अण्डामा प्रवेश गराउने प्रविधिद्वारा भ्रूणहरू उत्पादन गरे ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




