
काठमाडाैं, २५ माघ । सानिमा जिआईसी इन्स्योरेन्सले शेयरधनीहरुकाे लागि लाभांश घाेषणा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने भएकाे हाे ।
इन्स्योरेन्सले हाल कायम रहेकाे चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर वितरण तथा त्यसकाे कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांशसहित ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीकाे सञ्चालक समितिको बिहिबार माघ २४ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
संचालक समितिले प्रस्ताव गरेकाे साे लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि कम्पनीकाे आगामी साधारण सभाबाट अनुमाेदन भएपछि वितरण गरिनेछ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




