नेप्से १०.९८ अंकले घट्याे, कारोबार करिब ७ अर्बमा सिमित

-



     सफल आवाज    
     माघ २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ माघ । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली शेयर बजारमा गिरावट भएको छ । कारोबार रकम पनि अन्य दिनहरुको तुलनामा घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ विन्दुमा झरेको छ । नेप्सेमा ०.४० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.५६ अंकले घटेर ४५०.६५ विन्दुमा रहेको छ ।

१३ वटा उपसमूहहरुमध्ये २ वटामा मात्र हरियो लागेको छ । बाँकी रहेका ११ वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन कुल ३२२ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ९६ करोड २ लाख ९२ हजार २३५ रुपैयाँ ०३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल रिपव्लिक मिडिया लिमिटेडको कारोबार भएको छ । कम्पनीको २४ करोड ४४ लाख ७८ हजार ९ढ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बाृटलर्स नेपाल बालाजु लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।