सुन तोलाको १ लाख ७० हजार २ सय, चाँदीकाे भाउ घट्याे

-



     सफल आवाज    
     माघ २९ गते २०८१ मा प्रकाशित



काठमाडौं, २९ माघ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ३० ले घटेको जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा रुपैयाँ २५ ले घटेर तोलाको १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।