नेप्सेमा ६.५४ अंकको बृद्धि, ७ अर्ब २४ करोडको कारोबार

-



     सफल आवाज    
     माघ २९ गते २०८१ मा प्रकाशित



काठमाडौं, २९ माघ । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ विन्दुमा रहेको छ । नेप्सेमा ०.२४ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ०.५० अंकले घटेर ४५०.१५ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ५ वटामा हरियो लागेको छ । बाँकी रहेका ८ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल २९९ वटा कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता शेयरको कारोबार बाट ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० रुपैयाँ २९ पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।