प्रभु इन्स्याेरेन्सको खुद नाफामा १०.५३ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     माघ ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० माघ । प्रभु इन्स्याेरेन्सको खुद नाफामा बृद्धि भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार खुद नाफा १०.५३ प्रतिशतले बढेकाे छ । यसरी बढेकाे नाफा रूपैयाँ १२ करोड ४९ हजार रहेकेा छ ।

इन्स्याेरेन्सको अघिल्लो वर्षको साेहि अवधिकाे खुद नाफा रूपैयाँ १० करोड ८६ लाख १२ हजार रहेकाे थियाे । तर खुद बिमा शुल्क आर्जन ३४.१८ प्रतिशतले घटेकाे छ । यसरी घट्दा रूपैयाँ २८ करोड २५ लाख ६० हजार रहेकाे छ ।

कम्पनीकाे लगानी, कर्जाबाट हुने आम्दानी र कमिसनमा वृद्धि भएकाेले खुद नाफा बढ्नमा सघाउ पुगेकाे छ । लगानी तथा कर्जाबाट हुने आम्दानी १४.५५ प्रतिशतले बढेकाे छ । जाे रूपैयाँ ४ करोड १५ लाख २१ हजार रहेकाे छ ।

कमिसन आम्दानी ८२.१७ प्रतिशतले बढेकाे छ । यसरी बढ्दा साे रकम रूपैयाँ ११  करोड ८२ लाख ११ हजार भएकाे छ । कम्पनीकाे चुक्ता पुँजी रूपैयाँ १ अर्ब ४४ करोड १४ लाख छ । प्रतिसेयर आम्दानी ८७ पैसाले बढेर १६ रुपैयाँ ६६ पैसा भएकाे छ । यसकाे नेटवर्थ २२६ रुपैयाँ रहेकाे छ ।