सुन तोलामा २७ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

-



     सफल आवाज    
     माघ ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० माघ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २७ सय तथा चाँदीमा रुपैयाँ १५ ले घटेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ २७ सयले घटेर तोलाको १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।