नेप्से सामान्य अंकले बढ्याे, ८ अर्ब ७१ करोडको कारोबार

-



     सफल आवाज    
     माघ ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० माघ । साताको शेयर कारोबार हुने चौथो दिन बिहिबार नेपाली शेयर बजारमा सामान्य अंकको बृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जले नेप्सेमा १.८६ अंकको बृद्धि भई २६८५.७३ विन्दुमा पुगेको जनाएको छ । नेप्सेमा ०.०६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.२५ अंकले बढेर ४५०.४० विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ४ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ९ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३०७ वटा कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ५५ लाख २० हजार ५५९ कित्रा शेयरको कारोबार बाट ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार ६२ रुपैयाँ ६ड पैसा बराबरको करोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३९ हरोड ६० लाख २२ हजार ६३६ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।