लाभांश पारित गर्न आइएमई लाइफले डाक्याे एजिएम

-



     सफल आवाज    
     फागुन ४ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ४ फागुन । लाभांश अनुमाेदनका लागि आइएमई लाइफ इन्स्योरेन्सले ८ औँ वार्षिक साधारण सभा डाकेकाे छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि यसअघि घोषणा गरेको लाभांश अनुमाेदनका लागि साधारण सभा डाकेकाे हाे ।

कम्पनीका अनुसार साधारण सभा फागुन २५ गते पूर्वान्ह ११ बजे दियो महल, धुम्बाराही, काठमाडौँमा बोलाइएको छ।

सभाबाट २१.०५२६४ प्रतिशत नगद लाभांशकाे प्रस्थाव पारित गरिने भएकाे छ । साथै लेखापरीक्षककाे नियुक्ति, प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, विवध खर्चहरुकाे अनुमोदन लगायतका एजेण्डाहरू रहेका छन् ।

साधारण सभा र लाभांश वितरणकाे प्रयोजनका लागि फागुन १५ गते बुकक्लोज गरिने जनाइएकाे छ। लांभाश पाउन र सभामा भाग लिनका लागि शेयरधनीहरूले फागुन १३ गतेसम्म नेप्सेमा शेयर काराेकार गरेर कायम भएकाे हुनुपर्नेछ ।

यसरी शेयर काराेबार गरी कायम भएका शेयरधनीहरुले मात्रै साधारणा सभामा भाग लिन र लाभांश पाउनका लागि याेग्य मानिनेछन् ।