नेप्सेमा २९.८७ अंकको बृद्धि, १० अर्बको कारोबार

-



     सफल आवाज    
     फागुन ५ गते २०८१ मा प्रकाशित



काठमाडौं, ५ फागुन । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्सेमा दखिएको उकालोको यात्राले लगानीकर्ताहरुलाई उत्साही बनाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.१० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ६.२७ अंकले बढेर ४५९.६९ विन्दुमा पुगेको छ ।

१३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी रहेका १० वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन कुल ३०२ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता शेयरको खरिदबिक्रीबाट १० अर्ब ४ करोड ९६ लाख ५४ हजार ८३२ रुपैयाँ ६४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढि नेपाल पुर्नबीमा कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३२ करोड ६४ लाख ३५ हजार ३५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।