सानिमा फ्लेक्सी फण्डको इकाईमा आवेदन दिने म्याद थप

-



     सफल आवाज    
     फागुन ११ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ११ फागुन । सानिमा क्यापिटलले बिक्रीमा ल्याएकाे सानिमा फ्लेक्सी फण्डको इकाई खरिदका लागि आवेदन दिने मिति थप भएकाे छ । समयावधि थप भएपछि अब फागुन २० गतेसम्म आवेदन दिन सकिने भएकाे छ ।

कम्पनीले फागुन ६ गतेदेखि सानिमा फ्लेक्सी फण्डको इकाई जारी गरेकाे थियाे । सो फण्डको निष्काशन छिटोमा फागुन ११ गते बन्द हुने भनिएकोमा माग अनुसारको आवेदन नपरेपछि समयावधि थप गरिएकाे जनाइएकाे छ ।

फण्डको आकार रूपैयाँ १ अर्ब बराबरको १० करोड इकाई छ। यसबाट ४० करोड रुपैयाँ बराबरको ४ करोड इकाई प्रथम चरणमा बिक्रीमा ल्याइएकाे हाे ।

यसबाट ४ करोड इकाईमध्ये १ करोड ३० लाख इकाई कोष प्रबर्द्धक सानिमा बैंकका लागि रहेकाे छ । लाई र २० लाख इकाई सानिमा क्यापिटलका लागि तथा लगानीकर्ताहरुले बाँकी रहेकाे २ करोड ५० लाख इकाईमा आवेदन दिन पाउनेछन्।

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा फ्लेक्सी फण्ड खुलामुखी योजना हो। यसमा घटीमा १०० र बढीमा ४० लाख इकाईका लागि आवेदन दिन सकिनेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।