युक्रेनको शान्तिको अर्थ ’आत्मसमर्पण’ हुन सक्दैन-म्याक्रोँ

-



     सफल आवाज    
     फागुन १३ गते २०८१ मा प्रकाशित



वासिङटन, १३ फागुन । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले शान्तिको अर्थ युक्रेनको ‘आत्मसमर्पण’ हुन नसक्ने चेतावनी दिएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताले ट्रान्साटलान्टिक तनावका बावजुद अगाडिको बाटो निर्धारण भएको बताए ।

रूसले युक्रेन आक्रमण सुरू गरेको तेस्रो वर्षगाँठको अवसरमा ह्वाइट हाउसमा भएको भेटमा दुवै नेताले युक्रेनमा शान्ति सैनिक पठाउने विचारमा प्रगति भएको बताएका थिए।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘यस वर्ष’ शान्तिका लागि आह्वान गरेका बेला किएभमा युरोपेली नेताहरूसँग भेट गरे । मङ्गलबार बिहान युक्रेनमा हवाई आक्रमणको चेतावनीको सङ्केतस्वरूप साइरन बजेपछि अधिकारीहरूले व्यापक क्षेप्यास्त्र आक्रमण हुनसक्ने चेतावनी जारी गरेका थिए ।

मङ्गलबार भएको आक्रमणमा कम्तीमा पाँच जना घाइते हुनुका साथै कैयौँ भवनमा क्षति पुगेको बताइएको छ । छिमेकी देश पोल्याण्डका अधिकारीहरूले क्षेप्यास्त्र आक्रमणको जवाफमा सैन्य विमानहरू तैनाथ गरिएको बताएका छन्।