सुनमा रु ८ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

-



     सफल आवाज    
     फागुन १४ गते २०८१ मा प्रकाशित



काठमाडौं, १४ फागुन । साताको सुनचाँदीको कारोबार हुने र्चाैथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ८ सयले घटेको जनाएको छ । चाँदीमा रुपैयाँ ३० ले घटेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३० ले घटेर तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।