आईतबार सुनचाँदीकाे भाउ बढेन

-



     सफल आवाज    
     फागुन १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको भाउ शुक्रबारकै कायम भएर कारोबार भईहरहेको जनाएको छ ।

छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि आज स्थिर रहेर तोलाको १ हजार ९ सय १५ रुपैयाँमा करोबार भईरहेको छ । शुक्रबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ९ सय १५ रुपैयाँमा नै कारोबार भएको थियो ।