
काठमाडौं, २३ फागुन । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको शेयरमूल्य नेप्सेमा समायोजन भएको छ।कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरिएकाे हाे ।
कम्पनीको ४ प्रतिशत बोनस शेयर समायोजन गरिएकाे छ । शेयर समायोजन भएपछि कम्पनीको शेयरमूल्य ६८१ रुपैयाँ ७३ पैसा रहेकाे छ। याे मूल्य अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यकाे आधारमा समायोजन गरिएकाे हो। बिहीबार कमपनी शेयर प्रतिकित्ता ७०९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
अब नयाँ कायम भएकाे शेयरमूल्यकाे आधारमा फागुन २५ गते आइतबार दोस्रो बजारमा शेयर कारोबार खुल्ने भएकाे छ।
कम्पनीकाे १५ औँ वार्षिक साधारण सभा चैत ११ गते आभ्या क्लब, घारीपाटन–१७, पोखरामा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।सभाबाट ४ प्रतिशतका बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२११ प्रतिशत नगद लाभांशसहित ४.२११ प्रतिशत लाभांशकाे प्रसताव अनुमाेदन गरिनेछ ।
सभामा चुक्ता पूँजीको १ बराबर १ काे रेसियाेमा हकप्रद शेयर निष्काशनकाे विशेष प्रस्ताव पनि पेश गरिने भएकाे छ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन, हकप्रद शेयर निष्काशनकाे अख्तियारी सञ्चालक समितिलाई, सञ्चालकहरुको चयन, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गररिने भएकाे छ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




