
काठमाडौं, २३ फागुन । नेपाल माइक्रो इन्स्याेरेन्सको आइपीओ आज बाँडफाँड गरिएकाे छ । गोलाप्रथाद्वारा गरिएकाे बाँडफाँडबाट १ लाख ८४ हजार ५०० जनाले शेयर हात पारेका छन् ।
शेयरकाे बिक्री प्रबन्धक रहेकाे एनआइएमबी एस क्यापिटलले बताए अनुसार शेयरमा कुल १८ लाख १७ हजार १४८ आवेदकले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।
कम्पनीले कुल आवेदनमा १० हजार ३८६ जनाको आवेदन रद्द भएको जनाएकाे छ । बाँकी रहेका १ लाख ८४ हजार ५०० जनाले सेयर पाएका छन् । शेयरकाे नतिजा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटको वेबसाइट तथा मेरो शेयर अनलाइबाट हेर्न सकिनेछ ।
बाँडफाँडकाे रिजल्ट नेपाल माइक्रो इन्स्याेरेन्सको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङकाे वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि हेर्न सकिने भएकाे छ ।
नेपाल माइक्रो इन्स्याेरेन्सले फागुन ११ गतेदेखि १५ गतेसम्म १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर बिक्रीमा ल्याएकाे थियो ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




