
काठमाडाैं, ४ चैत्र । नेपाल राष्ट्र बैंकले आजदेखि चैत १० गतेसम्म ग्लोबल मनि विक २०२५ मनाउदैछ । बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यले विश्वभर मनाउने गरिएको छ।
आर्थिक सहयोग र विकास संगठन (ओइसिडि) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको हाे ।
ग्लोबल मनि विककाे सन्दर्भमा राष्ट्र बैंकले आजदेखि चैत १० गतेसम्म ‘थिङ्क बिफर यु फलो, वाइज मनि टुमरो’ भन्ने नाराका साथ ग्लोबल मनी विकको १३ औं श्रृखला मनाउन लागेको हो।
यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हाे । जाे हालसम्म १७६ मुलुकका गएकाे छ । यसमा ६ करोडभन्दा बढी बालबालिका र युवामा गइसकेकाे छ। मनी विक मनाउनका लागि नेपाल राष्ट्र बैंक देशभर राष्ट्रिय संयोजकको भूमिकामा रहेकाे छ ।
यस अभियानमा वित्तीय प्रणालीमा आबद्ध रहेका संस्थाहरूको सक्रिय सहभागिता रहने भएकाे छ। यसमा विभिन्न गैरसरकारी संस्था र संघसंस्थाहरू सहभागिने हुनेछन्।
यसैबीच, राष्ट्र बैंकले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील रहेका संघसंस्थाहरूलाई अभियानमा सहभागी भई ग्लोबल मनी विक २०२५ भव्य रूपमा मनाउनका लागि आह्वान गरेकाे छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




