नेप्से ७.६६ अंकले घट्याे, कारोबार ४ अर्ब ३४ करोडमा सिमित

-



     सफल आवाज    
     चैत्र ५ गते २०८१ मा प्रकाशित



काठमाडौं, ५ चैत्र । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजार ओरालोको यात्रामा गएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा दोब्बर घटेको छ ।

नेपाल स्टक एक्सचेनजका अनुसार नेप्से परिसूचक ७.६६ अंकले घटेर २६९७.०४ विन्दुमा झरेको छ । नेप्सेमा ०.२८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.०६ अंकले घटेर ४५२.८९ विन्दुमा झरेको छ ।

१३ उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १२ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३१३ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको ८२ लाख ३७ हजार ९०२ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार २६३ रुपैयाँ ५७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३२ करोड ११ लाख १७ हजार ८९२ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ । सबेभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ८.२१ प्रतिशतले घटेको छ ।