सुनको भाउ तोलाको १ लाख ७६ हजार, चाँदीमा गिरावट

-



     सफल आवाज    
     चैत्र ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ चैत्र । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन तोलामा रुपैयाँ ८ सयले बढेको जनाएको छ । चाँदीमा भने रुपैयाँ ५ ले घटेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख ७६ रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि छापावाल मंगलबार छापावाल सुन तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको २ हजार ४५ रुपैयाँमा कारोबार भईरहेकाे छ । मंगलबार सेतो धातु चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।