
काठमाडौं, ७ चैत । सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत ८ गते बुकक्लोज गर्ने बताएकाे छ ।
अब लगानीकर्ताहरुले साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि आजसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।
इन्स्योरेन्सका अनुसार सातौँ साधारण सभा चैत २१ गते अमृतभोग, कालिकास्थान, काठमाडौँमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।
सभाबाट ७.५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिने भएकाे छ ।
यस्तै छैठौँ वार्षिक साधारण सभाबाट पारित भएकाे २५ प्रतिशत हकप्रद शेयरमा संशोधन गरेर १७ प्रतिशत हकप्रद शेयर खुलाउने विशेष प्रस्ताव पारित गरिने भएकाे छ ।
सभामा कम्पनीकाे प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेकाे छ । यस्तै लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पारित गरिने भएकाे छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




