
काठमाडौं, ७ चैत्र । नेप्सेमा लगातार गिरावट भईरहेको छ । यसले बिहिबार पनि निरन्तरता पाएको छ । लगातारको गिरावटले लगानीकर्ताहरुलाई पर्ख र हेरको स्थितिमा पुर्याएको छ ।
नेप्से परिसूचकमा भईरहेको गिराटसंगै कुल कारोबार रकम पनि अघिल्ला दिनहरुको भन्दा कम भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.८४ अंकले घटेर २६६९.३१ विन्दुमा झरेको छ । नेप्सेमा ०.४७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.२१ अंकले घटेर ४४७.७० विन्दुमा रहेको छ ।
१३ वटा उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १२ वटामा रातो लागेको छ । कुल ३१२ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
उनीहरुको ९५ लाख ९९ हजार ३४३ कित्ता शेयरको कारोबार भएको छ । यसबाट ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँ ७७ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको २८ करोड २१ लाख २८ हजार २३७ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै दोल्ति पावर कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ६.९० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।










काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




