युक्रेनबारे ‘गठबन्धन’ शिखर सम्मेलनको घोषणा

-



     सफल आवाज    
     चैत्र ८ गते २०८१ मा प्रकाशित



ब्रसेल्स, ८ चैत । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले रुससँगको युद्धमा सम्भावित युद्धविरामको योजनालाई अन्तिम रूप दिन युक्रेन समर्थकहरूको गठबन्धनका नेताहरूको अर्को हप्ता पेरिसमा पुनः बैठक हुने बताएका छन्।

ब्रसेल्समा इयूको शिखर सम्मेलनपछि म्याक्रोँले भने, “हामी आगामी बिहीबार पेरिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उपस्थितिमा गठबन्धनको इच्छुक सदस्यको अर्को बैठक गर्नेछौँ ।

“हामी युक्रेनी सेनाको लागि अल्पकालिक समर्थन र रूसी आक्रमण रोक्न युक्रेनको सशस्त्र बलको लागि दिगो मोडेलको रक्षा गर्न र युरोपेली सेनाहरूले प्रदान गर्न सक्ने सुरक्षा ग्यारेन्टीमा हाम्रो कामलाई अन्तिम रूप दिनेछौँ,” उनले भने । उनले भने, “अबको केही दिनमै सम्पूर्ण प्रक्रियालाई अन्तिम रुप दिइनेछ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना रुससँग प्रत्यक्ष वार्ता सुरु गरेदेखि नै म्याक्रोँले बेलायती प्रधानमन्त्री केइर स्टार्मरसँग मिलेर युक्रेनको समर्थनमा गठबन्धन बनाउने प्रयासको नेतृत्व गरिरका छन्।