स्वाभिमान लघुवित्तले ५.२३ प्रतिशत लाभांश दिने

-



     सफल आवाज    
     चैत्र ८ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ८ चैत। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। चैत ७ गते बिहिबार बसेको संस्थाकाे सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश दिने घोषणा गरेको हो ।  

बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी  कुल ५.२३६२ प्रतिशत लाभांश दिने निर्णय गरेको बताइएकाे छ ।  

उक्त लाभांस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गर्ने निर्णय समेत गरेको छ ।