नेप्से ४१.६७ अंकले बढ्याे, ५ अर्ब २२ करोडको कारोबार

-



     सफल आवाज    
     चैत्र १४ गते २०८१ मा प्रकाशित



काठमाडौं, १४ चैत्र । नेप्सेमा लगातार हरियाली छाउने क्रमले निरन्तरता लिएको छ । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार पनि नेप्सेमा हरियाली छाएको छ । यसले लगानीकर्ताहरुको मनोबल बढाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४१.६७ अंकले बढेको छ । यसरी बढेको नेप्से २६६३.५४ विन्दुमा पुगेको छ । नेप्सेमा १.५८ प्रतिशतले बृद्धि हु्ँदा सेन्सेटिभ इण्डेक्स ५.९६ अंकले बढेर ४४६.६५ विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल कारोबारमा केही सुधार भएको छ । कुल ३०९ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको ९७ लाख ७२ हजार १९६ कित्ता शेयरको कारोबारबाट ५ अर्ब २२ करोड ३० लाख ८३ हजार ३४० रुपैयाँ ९३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ५१ करोड १८ लाख १७ हजार ७१४ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कुमारी सबल योजनाको शेयरमूल्य घटेको छ । योजनाको शेयरमूल्य १.८२ प्रतिशतले घटेको छ ।