ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ : जापानी प्रधानमन्त्री इशिबा

-



     सफल आवाज    
     चैत्र १५ गते २०८१ मा प्रकाशित



टोकियो, १५ चैत । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार र पार्ट्समा २५ प्रतिशत शुल्क लगाउने निर्णयलाई ‘बुझ्न कठिन’ भएको बताएका छन् ।

केही हप्ताअघि इशिबा र ट्रम्पबीच मैत्रीपूर्ण वार्ता भएको केही समयपछि यो कर वासिङ्टनको सबैभन्दा नजिकको आर्थिक तथा रणनीतिक सहयोगीहरूमध्ये एक जापानका लागि ठूलो झट्का साबित भएको छ ।

जापानी अटो कम्पनीका सेयरहरू शुक्रबार दोस्रो दिन पनि घटेका छन् । “राष्ट्रपति ट्रम्पले के भनिरहनुभएको छ भने मित्र र शत्रु दुवै छन् र मित्रहरू अझ कठिन हुन सक्छन् ।

यो बुझ्न निकै कठिन छ”, विधायिका समितिको सत्रमा इशिबाले भने। “अमेरिकाका व्यापार साझेदारहरूले हाम्रो जागिर लिइरहेका छन्, हाम्रो सम्पत्ति लिइरहेका छन्, धेरै चीजहरू लिइरहेका छन्”, नयाँ सवारी करको घोषणा गर्दै ट्रम्पले ह्वाइट हाउसमा भन्नुभयो, “उनीहरूले हाम्रो देशबाट धेरै कुरा लिएका छन्, मित्र र शत्रु दुवैले ।

र वास्तवमा, मित्रले अझ खराब काम गरेका छन् ।” यी कदमले अमेरिकाका मित्र राष्ट्रहरूमा चिन्ता उत्पन्न गरेको छ । प्रधानमन्त्री मार्क कार्नीले गहिरो द्विपक्षीय सम्बन्धको युग ‘समाप्त’ भएको घोषणा गर्दै देशको अटो उद्योगलाई ध्वस्त पार्न सक्ने ट्रम्पको भन्सार शुल्कप्रति क्यानाडाले तीव्र प्रतिक्रिया जनाएको छ ।