
काठमाडौं, १७ चैत । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको नेप्सेले जनाएकाे छ ।
यसिपदन एउटा उपसमूह बाहेक सबै उपसमूहहरुमा हरियाली छाएको छ । कारोबार रकम भने अघिल्लाे दिनहरुकोभन्दा केहि बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३२.२४ अंकले बढेर २६९५.५५ विन्दुमा पुगेको छ । नेप्सेमा १.२१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.५० अंकले बढेर ४५०.७९ विन्दुमा रहेको छ ।
३ उपसमूहहरुमध्ये एउटामा रातो लागेको छ । बाँकी रहेका १२ वटा उपसमूहहरुमा हरियो लागेको छ । कुल ३२३ वटा कम्पनीको शेयर कारोकार भएको छ ।
उनीहरुको १ करोड ५५ लाख ७२ हजार ८६२ कित्ता शेयरको कारोबारबाट ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँ ३७ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६९ करोड १९ लाख ७७ हजार ४११ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै प्रभु स्मार्ट फण्डको शेयरमूल्य घटेको छ । सो फण्डको शेयरमूल्य ५.७९ प्रतिशतले घटेको छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित… 




