
पोखरा, २५ चैत्र । बिल्स फाउण्डेसनको आयोजनामा चैत्र २७ गतेदेखि पोखरामा प्रथम बिल बहादुर मेमोरियल अन्तर बिद्यालय स्तरिय व्याडमिन्टन प्रतियोेगिता २०८१ हुने भएको छ ।
फाउण्डेसनले आज पोखरामा पत्रकार सम्मेलन गरेर सो प्रतियागिताका बारेमा जानकारी दिएको हो । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान जाने चोकभन्दा केहि तल निर्माण गरिएको नेपाल स्पोर्टस् प्लेक्सको इण्डोर हलमा प्रतियोगिता हुन लागेको मोहन भूगोल फाउण्डेसनले जनाएको छ ।
चैत्र २७ देखि ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १६ वर्ष मुनिका खेलाडीहरु सहभागि हुने एकल छात्र तथा छात्राका इभेन्टस् रहेका छन् । यस्तै १९ वर्ष मुनिका खेलाडीहरु सहभागि हुने छात्र छात्राका इभेन्टस् रहेका छन् ।
पोखरामा तल्लो तहबाटै व्याडमिन्टन खेलको विकास गर्दै पोखरालाई खेल पर्यटनको केन्द्रको रुपमा विकास गर्ने र टेवा पुर्याउने उदेश्यले कास्की जिल्ला स्तरिय तथा प्रदेश स्तरिय प्रतियोगिता गर्न लागेको सचिव वरदान लामाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिताको मुख्य उदेश्य आगामी १० देखि १५ वर्षभित्रमा राम्रा खेलाडीहरुको उत्पादन गर्ने र उनीहरुलाई ओलम्पिकमा पुर्याउनु रहेको छ ।
फिट नेपालले बितेका ४ वर्षदेखि खेलाडी उत्पादनमा जोड दिएको छ । यो क्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी निभा राई, दिलासा राना लगायतका खेलाडी उत्पादन गरिसकेको जनाएको छ ।
प्रतियोगितामा यु १६ तर्फ बिजेताले २० हजार, उपविजेताले १० हजार, तेश्रो हुने दुई जनालाई जनही ५ हजार साथमा मेडद, ट्रफि र प्रमाण पत्र दिईनेछ ।
यु १९ तर्फको बिजेताले रु ३० हजार, उपविजेताले रु २० हजार र तेश्रो हुने दुई जनालाई जनही १० हजार र साथमा मेडद, ट्रफि र प्रमाण पत्र दिईनेछ ।
बी लेवलको खुल्ला तर्फको गण्डकी खुला बडल तर्फको इभेन्टमा विजेताले रु ३० हजार, उप विजेताले रु २० हजार र तेश्रोलाई जनही १० हजार साथमा मेडद, ट्रफि र प्रमाण पत्र दिईनेछ ।
चैत्र ३० गतेसम्म आयोजना हुने प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १० लाख खर्च हुने संयोजक भूगोल गुरुङले जानकारी दिए ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




