सुन तोलामा रु २ हजारले बढ्यो, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     चैत्र २७ गते २०८१ मा प्रकाशित



काठमाडौं, २७ चैत्र । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ रुपैयाँ २ हजार तथा चाँदीमा रुपैयाँ ५ ले बढेको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ २ हजारले बढेर तोलाको १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।