नेको इन्स्याेरेन्सले २ लाख २५ हजार कित्ता शेयर लिलाम गर्दै

-



     सफल आवाज    
     वैशाख ५ गते २०८२ मा प्रकाशित



काठमाडौं, ५ वैशाख । नेको इन्स्याेरेन्सले २ लाख २५ हजार २६१.३५ कित्ता शेयर लिलामी बिक्रीमा ल्याउदैछ । कम्पनीले वैशाख १२ गतेदेखि साे शेयर बिक्रीमा ल्याउने भएकाे हाे ।

कम्पनीले संस्थापक समूहको ४३ हजार ७७९.५२ तथा सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३  कित्ता श्सेयर लिलाममा बिक्री गर्न लागेको जनाएकाे छ । 

यसमा लगानी गर्न चाहने लगानीकर्ताले रु १०० लाई आधार मानेर बोलपत्रबाट सहभागी सकिनेछ । संस्थापक समूहतर्फ न्यूनतम १ हजार र सर्वसाधारण समूहतर्फ १ सय कित्तादेखि बढीमा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । 

लगानीकर्ताले वैशाख २१ गतेसम्म आवेदन दिन पाउनेछन्। यसअघि कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म हकप्रद शेयर बिक्रीमा ल्याएकाे थियो । सो समयमा बिक्री नभएर बाँकी रहेकाे शेयर लिलामीमा बिक्री गर्न लागिएकाे हाे ।  

लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटल, नक्साल  काठमाडौं र विराटनगरमा आवेदन दिन पाउनेछन्। यस्तै नेको इन्स्याेरेन्स झापा, पर्सा, घनुषा, चितवन, मकवानपुर,कास्की लगायतका शाखाहरुबाट आवेदन दिन पाइने छ ।

शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेकाे छ