
काठमाडाैं, ८ वैशाख । ट्रेड टावरले आजदेखि आईपीओ निष्काशन गरेकाे छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर (आईपीओ) खुलाएकाे हो।
कम्पनीले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरकाे ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्ने अनुमति लिएकाे थियो।
पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर खुलाइएकाे हाे ।
शेयरमा घटीमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाइने भएकाे छ। यसका लागि बैशाख २२ गतेसम्म आवेदन दिने मिति रहेकाे छ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




